जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नेपालले दियाे कतारलाई १ सय ७१ रनकाे लक्ष्य

काठमाडौँ। आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटअघिको दोस्रो टी–२० अभ्यास खेलमा नेपाली क्रिकेट टोलीले कतारलाई १ सय ७१ रनको लक्ष्य दिएको छ ।

ओमानमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७० रन बनायो । नेपालका कुशल भुर्तेलले ५६ तथा दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले समान ३८ रन बनाए । कतारका शारिक मुनीर र मुहम्मद इक्रामुल्लाहले समान २ विकेट लिए ।

यसअघि अस्ति भएको पहिलो टी–२० अभ्यास खेलमा नेपालले घरेलु टोली ओमानलाई ६ विकेटले हराएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?