जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

हैजा र झाडापखालाबाट बच्न शुद्धीकरण गरेर पानी पिउन आग्रह

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्राकृतिक विपद्मा झाडापखाला र हैजा फैलिन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बाढीपहिरो तथा डुबानका कारण हैजा र झाडापखालालगायत पानीजन्य रोग लाग्न सक्ने भन्दै त्यसबाट बच्नका लागि सतर्कता अपनाउन आग्रह गरेका छन्। उमालेर वा ‘क्लोरिन’ झोल हालेर शुद्धीकरण गरिएको पानी मात्र पिउन उनले आग्रह गरेका छन्।

प्रवक्ता बुढाथोकीद्वारा जारी सन्देशमा भनिएको छ,“खानेपानीलाई सधैं  सफा भाडामा ढाकेर राख्न र सफा भाडाले मात्र खानेपानी निकाल्नु होला । खानेकुरालाई राम्ररी पकाएर मात्र खान र सडेगलेको, बासी र झिङ्गा भन्केको खानेकुरा नखान र खानेकुरा सफा भाडाले ढाकेर मात्र खान आग्रह छ ।”

यसैगरी खाना बनाउनुअघि, खाना खानु वा खुवाउन अघि, दिसापिसाब गरेपछि वा बालबालिकाको दिसा धोएपछि, फोहर चलाएपछि घर वा कार्यालय छिर्नुअघि, बाहिरी सामान छोएपछि साबुनपानीले कम्तीमा २० सेकेण्डसम्म मिचिमिची हात धुन मन्त्रालयले आग्रह गरेको छ ।

साबुनपानी उपलब्ध नभएमा ‘स्यानिटाइजर’ प्रयोग गर्न सबैलाई अनुरोध गरिएको छ । मन्त्रालयले प्राकृतिक विपद्मा चर्पीमा मात्र दिसापिसाब गर्न र बालबालिकाको दिसापिसाबलाई चर्पीमा नै फाल्न आग्रह गरेको छ।

यस्तै, झाडापखाला भई हालेमा तुरुन्तै पुर्नजलीय झोलसँगै प्रसस्त मात्रामा पोषिलो झोलिलो खानेकुरा खानसमेत आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?