जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मलेसिया विरुद्धको चौथो खेलमा नेपाल विजयी

काठमाडौं। कप्तान इन्दु बर्माको उत्कृष्ट ब्याटिङसँगै नेपालले टी–२० आई शृंखलामा पुनरागमन गरेको छ।

मंगलबार सम्पन्न चौथो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो।

योसँगै पाँच खेलको शृंखला २–२ को बराबरीमा पुगेको छ। अब बुधबार हुने खेलले शृंखलाको विजेता टुंगो लगाउने भएको छ। शृंखलाको पहिलो खेलमा मलेसिया तीन विकेटले विजयी भएको थियो। तर, दोस्रो खेलमा नेपालले ६ विकेटको जित निकाल्दै शृंखला १–१ को बराबरीमा ल्याएको थियो। तेस्रो खेलमा भने मलेसियाले १३ रनको जित हात पार्दै शृंखलामा २–१ को अग्रता लिएको थियो।

शृंखलामा पुनरागमन गर्न ११२ रनको लक्ष्य पछ्याएको नेपालले १७.३ ओभरमा चार विकेट गुमाउँदै ११५ रन बनाएको हो।

इन्दुले अविजित रहँदै सर्वाधिक ४८ रन बनाइन्। ३९ बल खेलेकी उनले ६ चौका प्रहार गरिन्। रुविना क्षेत्रीले २३ बलमा दुई चौका र एक छक्कासहित अविजित २३ रनको योगदान दिइन्।

कविता कुँवर १६, सम्झना खड्का ११, रुवि पोद्दार पाँच र उपकप्तान पूजा महतो सात रनमा पेभिलियन फर्किए।

मलेसियाका आइन्ना हसिम, नूर दानिया र इज्जती इस्लामले समान एक विकेट हात पारिन्।

त्यसअघि बायोमास क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले पाँच विकेट गुमाउँदै १११ रन बनाएको थियो।

मलेसियाकी मास एलिसाले सर्वाधिक ५६ रनको योगदान दिइन्। ६३ बल खेलेकी उनले पाँच चौका प्रहार गरिन्।

इज्जती १८ र नूर १५ रनमा आउट हुँदा अन्यको प्रदर्शन राम्रो हुन सकेन।

नेपालकी कविताले सर्वाधिक तीन विकेट लिइन्। चार ओभर बलिङ गरेकी उनले १० रन खर्चिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?