जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

अभिनेता विजय देवरकोन्डा सवार कार दुर्घटना

नयाँ दिल्ली। दक्षिण भारतका लोकप्रिय अभिनेता विजय देवरकोन्डा सवार कार सोमबार साँझ दुर्घटनामा परेको छ

जोगुलम्बा गडवाल जिल्लाको उन्डावल्ली क्षेत्र (एनएच–४४) मा तीव्र गतिमा आएको बोलेरोले पछाडिबाट ठक्कर दिएको थियो। ठक्करपछि बोलेरो चालक घटनास्थलबाट भागेको र प्रहरीले खोजी गरिरहेको जनाइएको छ।

दुर्घटनामा विजयको टाउकोमा हल्का चोट लागेको भए पनि स्वास्थ्य अवस्था सामान्य रहेको उनले आफ्नै सामाजिक सञ्जालमार्फत् पुष्टि गरेका छन्। अस्पतालमा सामान्य उपचारपछि उनी घर फर्किसकेका छन्।

विजयले सामाजिक सञ्जालमा लेखेका छन्, “सबै ठिक छ। कार ठोक्किएको थियो, तर हामी सबै सुरक्षित छौं।” उनले प्रशंसकहरूलाई चिन्ता नलिन आग्रह गर्दै आफ्नो अवस्था स्थिर रहेको जनाएका छन्।

अभिनेता देवरकोन्डाको टाउकोमा चोट लागेको भए पनि गम्भीर अवस्था नभएको चिकित्सकहरूले बताएका छन्। अहिले उनी पूर्ण रूपमा स्वास्थ्य लाभमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?