जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नेपालले इरान र भारतसँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोलीले इरान र भारतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार अक्टोबरमा दुई टोलीसँग खेल्ने जानकारी दिएको हो। मैत्रीपूर्ण खेल भारतको सिलोङमा हुने एन्फाले जनाएको छ।

नेपालले २४ अक्टोबरमा इरानसँग खेल्नेछ। त्यसको तीन दिनपछि घरेेलु टोलीसँग नेपालले खेल्ने एन्फाले जनाएको छ। यसअघि नै नेपालले भारतसँग खेल्ने तय भइसकेको थियो।

उक्त खेल सिक्किममा हुने एन्फाले जानकारी दिएको थियोे। सो खेलका लागि मुख्य प्रशिक्षक नवीन न्यौपानेले बन्द प्रशिक्षण गराइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?