जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘लालीबजार’ फिल्मका लागि स्थानीय कलाकारको खोजी सुरु

बर्दिया। बर्दियाको राजापुरमा छायांकन हुने नेपाली फिल्म ‘लालीबजार’ का लागि स्थानीय स्तरमा प्रतिभाशाली कलाकारहरूको खोजी सुरु भएको छ।

फिल्म निर्माण टोलीले अभिनयमा रुचि राख्ने र योग्यता भएका व्यक्तिहरूलाई अडिसनमा सहभागी हुन आह्वान गरेको हो। महिला कलाकारका लागि उमेर सीमा २२ देखि ६० वर्ष, पुरुषका लागि २० देखि ६० वर्ष र बाल कलाकारका लागि ७ देखि १७ वर्ष निर्धारण गरिएको छ।

आयोजकका अनुसार इच्छुक कलाकारहरूले आजै आवेदन दिन सक्नेछन्। आवेदनका लागि सम्पर्क विवरण यसप्रकार छन्:
📞 फोन: +९७७–९८२२६७८९४८
📧 इमेल: [email protected]

फिल्मको सुटिङ राजापुर रिभरसाइड होटेल एण्ड रिसोर्ट, राजापुर–३, टेडिया, बर्दियामा हुने बताइएको छ।

‘लालीबजार’ को पोस्टर र प्रचार सामग्री ट्राइडेन्ट कन्सेप्ट टिमले तयार गरेको हो। सार्वजनिक पोस्टरमा अभिनेत्री स्वस्तिमा खड्का फिचर्ड छिन्, जसले दर्शक र फिल्मकर्मीहरूबाट राम्रो प्रतिक्रिया पाएको छ।

निर्माण टोलीका अनुसार फिल्म आउँदो फागुन १ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?