जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

एसिया कप छनोट: नेपाल भियतनामसँग पराजित

काठमाडौं। नेपालले एएफसी एसियन कप छनोट २०२७ को तेस्रो चरणमा लगातार तेस्रो हार बेहोरेको छ।

नेपालले यसअघि समूह ‘एफ’को पहिलो लेगमा मलेसियासँग २–० र लाओससँग २–१ को हार बेहोरेको थियो। होचि मिन्हस्थित गो डाउ स्टेडियम बिहीबार राति घरेलु टोली भियतानामसँग सम्पन्न पहिले लेगमा पनि नेपाल ३–१ ले पराजित भएको हो।

दोस्रो जितसँगै भियतनाम तीन खेलबाट ६ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा यथावत् रहन सफल भएको छ। बिहीबार नै लाओसलाई ३–० ले पराजित गरेको मलेसिया नौं अंकसहित शीर्ष स्थानमा कायम छ। लाओसले तीन खेलबाट तीन अंक जोड्दा नेपाल भने तीनै खेलमा पराजित हुँदै अंकविहीन छ।

भियतनामलाई दोस्रो जित दिलाउन नुगुएन टिएन लिङ, फाम जुआन मान्ह र नुगुएन भान भीले समान एक गोल गरे। नेपालका लागि एक मात्र गोल सनिश श्रेष्ठले गरेका हुन्। तर, नेपाली डिफेन्डरको गोल पर्याप्त रहेन।

खेलको नवौं मिनेटमा लिङले गोल गर्दै भियतनामलाई सुरुआती अग्रता दिलाए। तर, आठ मिनेटमै पछि नै सनिशले फ्रिककमार्फत आएको बललाई हेडिङ गर्दै नेपाललाई बराबरीमा फर्काए।

पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफमा भने भियतनामले आफ्नो दबदबा कायम राख्यो। मुख्यतय: पहिलो हाफमा मिडफिल्डर लाकेन लिम्बूले रातो कार्ड पाउनुले पनि नेपाललाई केही हदसम्म खेलमा बराबरीकै अवस्थामा रहिरहन गाह्रो पार्‍यो।

६७औं मिनेटमा मान्हले गोल गर्दै भियतनामलाई पुन: अग्रता दिलाए। भान भीले ७२औं मिनेटमा गोल गर्दै घरेलु दर्शकसामु ३–१ को जित सुनिश्चित गरे।

अब नेपालले छनोटको दोस्रो लेग सुरुआत गर्नेछ। नेपालले १४ अक्टोबरमा भियतानमकै मैदानमा अर्को खेल खेल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?