जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘कान्तारा २’ ले पहिलो सातामा कति कमायो ?

मुम्बई। ऋषभ सेट्ठी स्टारर कन्नाडा फिल्म ‘कान्तारा च्याप्टर १’ले भारतीय बक्सअफिसमा उछाल ल्याएको छ । यो फिल्मले भारतीय बक्सअफिसमा केही कीर्तिमान रचेको जनाइएको छ।

हिन्दुस्तान टाइम्सका अनुसार, फिल्मले विश्वभर ४१४ करोड भारतीय रूपैयाँ कमाइसकेको छ। भारतमा मात्र ६ दिनको नेट कमाइ २९०.२५ करोड (ग्रस ३४८ करोड) पुगेको छ। अन्तर्राष्ट्रिय बजारको आम्दानी जोड्दा कुल विश्वव्यापी संकलन ४१४ करोड भारू पुगेको हो।

यो फिल्म अन्तर्राष्ट्रिय बजारमा रिलिज भएकै समयमा टेलर स्विफ्टको फिल्म ‘पार्टी अफ अ शो गर्ल’, पौल थोमस एन्डर्सनको ‘वान ब्याटल आफ्टर एनदर’ र ‘अवतार २’को पुनः प्रदर्शन हलमा छन् । यी फिल्मको चुनौतीको बाबजुद ऋषभ सेट्ठी स्टाररले हलमा उत्कृष्ट कमाइ गरेको हो ।

फिल्मले भारतमा दुसेरा (दशैं)को दिनमा ६१.८५ करोडको ओपनिङ गरेको थियो । शुक्रबार ४६ करोड भारु, शनिबार ५५ करोड भारु र आइतबार ६१.५ करोड भारुसहितसहित सप्ताहन्तमा ३३४.३५ करोड भारुको कमाइ भएको जनाइएको छ ।

ऋषभ शेट्टीले लेखन र निर्देशन गरेका यस फिल्ममा उनी आफैं मुख्य भूमिका निभाएका छन्। साथै रुक्मिणी वसन्त, जयराम, र गुलशन देवैया पनि प्रमुख भूमिकामा छन्। फिल्म सन् २०२२ को ‘कान्तारा’ को सिक्वेल हो, जसले कन्नड सिनेमालाई अन्तर्राष्ट्रिय स्तरमा पनि परिचित बनाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?