एलिना चौहान र प्रताप दासको गीत ‘दाजु बहिनी’ सार्वजनिक

काठमाडौं। गायिका एलिना चौहान र गायक प्रताप दासको स्वरमा तिहार गीत सार्वजनिक भएको छ।

‘आयो तिहार’ बोलको गीत गायिका चौहानको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। लेखु सहयात्रीको शब्द रहेको गीतमा उनले नै संगीत भरेका छन्। विषम आचार्यको संगीत संयोजन छ।

गीतको भिडियोमा गायकगायिका एलिना र प्रतापका साथमा विनोद अधिकारीले अभिनय गरेका छन्। भिडियोमा तिहारमा खेलिने देउसी भैलो, भाइटीका लगाइने परम्परासहित दाजु बहिनीको मायालाई देखाइएको छ।

रामेश्वर कार्कीले छायांकन गरेको फिल्म मिलन विश्वकर्माको सम्पादनमा बनेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?