जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

आज २०८२ साल असोज २७ गते सोमबारको राशिफल

काठमाडौं। आज २०८२ साल असोज २७ गते सोमबार। कात्तिक कृष्ण पक्षको सप्तमी तिथि। तदनुसार सन् २०२५ अक्टोबर १३ तारिख। आज अन्तर्राष्ट्रिय प्रकोप जोखिम न्युनिकरण दिवस परेको छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

मेष: समय शुभ रहनेछ। क्षमता प्रयोग गरी अरुलाई सजिलै प्रभावमा पारेर कामहरु लिन सकिनेछ। नयाँ व्यावसाय थालनी गर्न सकिने तथा भने जस्तो आम्दानी गर्न सकिनेछ। सामाजिक पद पाउने ग्रहयोग रहेको छ । माया प्रेममा सामिप्यता बढेर जानेछ।

बृष : स्वास्थ्य राम्रो रहनेछ। लक्ष्य पहिल्याउँन सहज हुनेछ। भनेजस्तो आम्दानी गर्न सकिनेछ भने विभिन्न भौतिक सम्पतिहरु जोड्न सकिनेछ। विलासी वस्तुहरुको उपभोग गर्न पाईनेछ।

मिथुन: विश्वास गरेकैहरुबाट धोका हुनेछ। पति पत्नी बीच अबिस्वास सिर्जना हुनेछ। सवारी साधन तथा यात्रा गर्दा विशेष ध्यान दिनुहोला, दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ। विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकै नै मेहनेत गर्नुपर्नेछ।

कर्कट: आफ्ना कमजोरीहरु सकभर लुकाउने प्रयास गर्नुहोला अरुले आलोचना गर्न सक्छन्। हतार गर्ने बानीले अनावश्यक विवादमा फस्ने योग रहेको छ। काम गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दुख दिनेहरु सक्रिय हुनेछन्। मान तथा सम्मानमा दाग लाग्न सक्छ, काम गर्दा ध्यान लिनुहोला।

सिंह: समय शुभ छ। सत्रु तथा प्रतिस्पर्धीहरु आईलाग्ने भए पनि अन्तत तपाईको क्षमता देखेर आफै साईड लाग्नेछन्। स्वास्थ्य सम्बन्धी पुराना समस्याहरु ठीक हुँदै छ। नयाँ कामको थालनि गर्न सकिनेछ। नोकरीमा प्रवेशको सम्भावनालाई नकार्न सकिने अवस्था छैन।

कन्या: भने जस्तो पारिश्रमिक पाईने छैन। विद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नुपर्ला। परिवार तथा सन्तानबाट तपाईले गरेको काममा असहयोग हुनेछ। व्यापार व्यावसायमा लगानी नबढाउँदा राम्रो हुनेछ। पेट सम्बन्धी समस्याले सताउनेछ।

तुला: समय अत्यन्तै शुभ छ। राजनीति तथा समाज सेवामा गरिएको लगानीबाट भनेजस्तो उपलब्धि हासिल हुनेछ भने राज्यबाट पद प्रतिष्ठा पाउने योग रहेकोछ। व्यापार व्यावसाय फस्टाएर जाने छ। पढाई लेखाईमा उत्कृष्ट नतिजा हात पार्दै अगाडि बढ्न सकिने ग्रहयोग रहेकोछ।

वृश्चिक: नतिजा ल्याउन मुस्किल रहेकोछ। स्वास्थ्य सम्बन्धी समस्या आउने तथा उपचार खर्च बढेर जानेछ। गलत कामहरु भुलेर पनि नगनुहोला तुरुन्तै दण्ड तथा जरिवाना तिर्नुपर्नेछ। माया प्रेममा आजको दिन भेट नहुँदा नै राम्रो रहेकोछ। व्यापार व्यावसाय खस्केर जाने ग्रहयोग रहेकोछ।

धनु: स्वास्थ्यमा एक्कासी समस्या आउने, चोटपटक लाग्न सक्नेछ। कुनै पनि काम गर्दा सावधानी अपनाउनु होला ,कामहरु बिग्रने तथा मनमुटाब पैदा हुन सक्छ। झै झगडा हुने अधिक सम्भावना रहेकोछ। माया प्रेममा अविश्वास बढ्नाले मन खिन्न हुनेछ। स्वास्थ्य सम्बन्धी समस्या आउनेछ।

मकर: स्वास्थ्य सबल रहनेछ। परिश्रमको राम्रो लाभ पाइने छ। मानसिक शान्ति र आराम मिल्ने समय चलिरहेको छ। कामबाट फाइदा राम्रै पाइने देखिन्छ। पुराना इष्टमित्र एक्कासी भेट होलान्। आज तपाईं जे चाहनु हुन्छ त्यो काम बन्ने छ।

कुम्भ: आफन्त व्यक्तिसँग विवाद पर्ने सम्भावना छ। मानसिक चञ्चलपनले पेशागत हानी हुने सम्भावना बलियो छ। गर्न खोजेका काममा बिघ्नबाधा धेरै देखा पर्नेछन्। स्वास्थ्यले साथ नदिन पनि सक्छ। आकस्मिक रोगले दु:ख दिने हुनाले सतर्क हुनुहोला।

मीन: समय मध्यम खालको छ। फाईदा हुने क्षेत्र खोजेर लगानी गर्न सकिनेछ। व्यापारमा गरेको लगानि फस्टाएर जानेछ मनग्य लाभ लिन सकिनेछ। राजनीतिमा लाग्नेहरुले राज्यबाट विशेष सेवा सुबिधा पाप्त गर्न सक्नेछन्। शिक्षा क्षेत्रसँग सम्बन्धि कामहरुबाट प्रशस्त नाँफा कमाउँन सकिनेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?