जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सुपर सिक्समा आज नेपाल र कतार खेल्दै

काठमाडौँ। आईसीसी टी २० विश्वकप एसिया तथा ईस्ट एसिया प्यासिफिक छनोटमा नेपालले आज कतारसँग खेल्दैछ।

नेपाल र कतारविरूद्धको यो खेल नेपाली समय अनुसार राति ८: ४५ बजेदेखि शुरु हुदैछ ।

नेपालले सुपर सिक्सको पहिलो खेलमा युएईविरुद्ध रोमाञ्चक एक रनको जित हात पारेको थियो। त्यसैगरी कतारले पहिलो खेलमा ओमानसँग पराजय बेहोरेको थियो।

नेपालले आजको खेलपछि बुधबार ओमान र शुक्रबार सामोआसँग खेल्ने तालिका रहेको छ।

रोहित पौडेलको कप्तानीमा रहेको १५ सदस्यीय नेपाली टोली हाल ओमानमा रहेको छ। टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, आसिफ शेख, मोहम्मद आदिल आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ शेख, ललित राजवंशी, गुल्शन झा र सोमपाल कामी रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?