जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

निर्मलराज पौडेलको “झिलिमिली तिहार लाई ” गीत सार्वजनिक

काठमाडौं। गीतकार निर्मलराज पौडेलको “झिलिमिली तिहार लाई” नामक तिहारगीत सार्बजनिक भएको छ।

गीतमा पौडेलसहित गायिका समान्ता थापा ,निरज तिमल्सीना र मनिष पौडेलले स्वर दिएका छन्। वेलकम एभी प्रोडक्सनले तयार पारेको म्यूजिक भिडियोलाई मनिष पौडेलले निर्देशन गरेका छन् भने मोहित मुनालले संगित दिएका छन्।

गीतकार तथा गायक पौडेलले भने, “बिगत दश–पन्ध्र वर्ष अगाडि सम्म पनि तिहारको रौनक, खुसियाली को माहौल देखिने गर्दथ्यो, तर आज भोली सबै हराउदै गएको महसुस हुन थालेको छ । त्यसै कारण हाम्रा पालाका गीत, संगीत ,तथा प्रस्तुतिहरुलाई हाम्रा सन्तति हरुले पनि थाहा पाँउन्, महसुस गरुन् भन्ने उद्देश्यले गीत तयार पारेका छौं ।”

गीतमा यमपञ्चकको पाँचै दिन गरिने कर्महरु काग पूजा, कुकुर पूजा, लक्ष्मी पुजा, गाई गोरु पूजा र भाई पूजालाई पनि समेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?