जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

एसियन कप छनोटमा नेपाल पुनः पराजित

काठमाडौं। नेपालले एएफसी एसियन कप छनोटमा हारको शृंखला जारी राखेको छ।

हो ची मिन्ह सिटीस्थित थोंग न्हाट स्टेडियममा सोमबार राति सम्पन्न घरेलु टोली भियतनामविरुद्धको दोस्रो लेगमा नेपाल १–० ले पराजित भएको हो। यही टोलीसँग नेपाल पहिलो लेगमा ३–१ ले पराजित भएको थियो।

सुधारिएको खेल खेले पनि नेपालले हार टार्न सकेन। नेपालका लागि खेलको पाँचौं मिनेटमै नेपाली डिफेन्डर सुमन श्रेष्ठको आत्मघाती गोल घातक सावित भयो। त्यसपछि दुवै टोलीले थप गोल गर्न सकेनन्।

यससँगै नेपालले चार खेलमै हार बेहोरेको छ र अंकविहीन अवस्थामा समूह ‘एफ’ को पुछारमा छ। भियतनाम भने चार खेलमा तीन जित र एक हारसहित ९ अंक जोड्दै दोस्रो स्थानमा छ।

मलेसिया चार खेलमै जित निकाल्दै १२ अंकसहित शीर्ष स्थानमा रहँदा लाओस तीन अंकका साथ तेस्रो स्थानमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?