जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नेपाल र कीर्गिस्तान खेल्दै

काठमाडौं। श्रीलंकामा हुने काभा महिला यू–१९ च्याम्पियनसिप आजदेखि सुरु हुँदैछ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक श्रीलंका र माल्दिभ्स आमनेसामने हुनेछन्। त्यसपछि दोस्रो खेलमा नेपालले कीर्गिस्तानको सामना गर्नेछ। खेल नेपाली समयअनुसार साँझ ५:१५ बजे सुरु हुनेछ।

यस प्रतियोगितामा जम्मा चार टोली — श्रीलंका, नेपाल, कीर्गिस्तान र माल्दिभ्स — सहभागी छन्। सबै टोलीले एक–अर्काविरुद्ध राउन्ड–रोबिन चरणमा प्रतिस्पर्धा गर्नेछन्।

लिग चरणपछि अंक तालिकाको शीर्ष टोलीले चौथो स्थानमा रहने टोलीसँग र दोस्रो टोलीले तेस्रो स्थानमा रहने टोलीसँग सेमिफाइनल खेल्नेछ। फाइनल र तेस्रो स्थानका लागि खेल कात्तिक २३ गते हुने तय गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?