जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सुनको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ। स्थानीय बजारमा शुक्रबारको तुलनामा आज सुनको मूल्य सामान्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढे २ लाख ३८ हजार ६०० रुपैयाँ कायम भएको छ। शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्यमा भने गिरावट आएको छ। तोलामा ५ रुपैयाँले घटेर चाँदी ३ हजार १५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?