जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सुनचाँदीको मूल्यमा फेरि कीर्तिमान

काठमाडौँ। मंगलबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच हजार आठ सय रुपैयाँले बढेर २ लाख ६७ हजार २ सय रुपैयाँ तोकेको छ। जुन हालसम्मकै उच्च मूल्य हो। सोमबार सुनको मूल्य प्रतितोला २ लाख ६१ हजार ७०० मा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर ४ हजार २५५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदीको मूल्य ४ हजार २३५ रुपैयाँ रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?