जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

आज २०८२ साल माघ १७ गते शनिबारको राशिफल

काठमाडौं। आज २०८२ साल माघ १७ गते शनिबार माघ शुक्ल पक्षको त्रयोदशी तिथि। तदनुसार सन् २०२६ जनवरी ३१ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। 

मेष: नसोचेको जिम्मेवारी अचानक आउन सक्छ। कसैको व्यवहारले सोच बदलिन सक्छ। पैसाको कुरामा स्पष्टता आउँछ। साँझतिर मन हलुका हुन्छ।आज हतारले बिगार्न सक्छ, धैर्य गर्नु हाेला

वृष: आज मनले स्थिरता खोज्छ। सानो सफलताले ठूलो हौसला दिन्छ। काममा निरन्तरता देखिन्छ। घरको कुराले खुशी दिन सक्छ। स्वास्थ्य सामान्य रहनेछ।

मिथुन: आज बोल्नु भन्दा सुन्नु फाइदाजनक हुन्छ। गलत बुझाइले समस्या ल्याउन सक्छ। पुरानो योजना फेरि उठ्छ। पैसाको लेनदेनमा सतर्क रहनुहोस्। निद्रामा ध्यान दिनु जरूरी छ।

कर्कट: आज ब्यापारमा फाइदा हुने छ.परिवारसँग समय बिताउने मौका मिल्छ। काममा ढिलाइ भए पनि चिन्ता नलिनुहोस्। कसैको सहयोग अप्रत्याशित हुन्छ। मन शान्त रहन्छ।

सिंह: आज तपाईं केन्द्रमा रहनुहुन्छ। काममा तपाईंको भूमिका महत्वपूर्ण हुन्छ। कसैबाट प्रशंसा सुन्न पाइन्छ। प्रेम सम्बन्धमा खुलापन बढ्छ। आत्मविश्वास उच्च रहनेछ।

कन्या: आज स-साना कुराले असर पार्न सक्छ। काममा अनुशासन आवश्यक हुन्छ। आर्थिक हिसाबमा सुधार देखिन्छ। आफ्नो स्वास्थ्यलाई बेवास्ता नगर्नुहोस्। साँझतिर थकान महसुस हुन्छ।

तुला: आज निर्णय ढिला भए पनि सही हुन्छ। काम र मन दुबैलाई सन्तुलन चाहिन्छ। कसैसँग पुरानो मतभेद मेटिन सक्छ। पैसाको स्थिति स्थिर रहन्छ। दिन शान्त रूपमा बित्छ।

वृश्चिक: आज घर परिवारमा राम्रो छ । कुनै लुकेको कुरा बाहिर आउन सक्छ। काममा रणनीति काम लाग्छ। आर्थिक लाभको संकेत छ। भावनामा नियन्त्रण जरूरी छ।

धनु: आज मन खुला र ऊर्जावान हुन्छ। नयाँ सोचले बाटो देखाउँछ। काममा सकारात्मक परिवर्तन देखिन्छ। यात्रा वा योजना बन्न सक्छ। खुशी बाँड्ने दिन हो।

मकर: आज जिम्मेवारी तपाईंको काँधमा पर्छ। काममा गम्भीरता देखिन्छ। वरिष्ठबाट विश्वास पाउन सक्नुहुन्छ। आर्थिक अवस्था सुदृढ बन्दै जान्छ। आरामलाई पनि समय दिनुहोस्।

कुम्भ: आज फरक निर्णय लिन सक्नुहुन्छ। पुरानो सोच छोड्ने समय हो। काममा नयाँ दिशा देखिन्छ। मित्रसँग सहकार्य बढ्छ। मन हलुका रहन्छ।

मीन: आज मनले शान्ति खोज्छ। कलात्मक सोच बलियो हुन्छ। काममा दबाब कम महसुस हुन्छ। आर्थिक रूपमा सन्तुलन आउँछ। दिन सकारात्मक भावनामा टुंगिन्छ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?