एकैदिन सुनको मूल्य तोलामा साढे १२ हजारले घट्यो, कति पुग्यो ?

काठमाडौं। स्थानीय बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १२ हजार ५०० सय रुपैयाँले घटेर दुई लाख ८२ हजार रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो कारोबार दिन (शुक्रबार, चैत ६) प्रतितोला दुई लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि आइतबार घटेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदी ३५५ रुपैयाँले घटेर ४ हजार ५४० रुपैयाँमा झरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?