जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनको मूल्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँले बढेर २ लाख ९९ हजार ९०० रुपैयाँ पुगेको हो। बिहीबार सुन प्रतितोला २ लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै,चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। महासंघका अनुसार चाँदीको मूल्य आज प्रतितोला १२० रुपैयाँले बढेर ५ हजार २७५ रुपैयाँ पुगेको छ। बिहीबार चाँदी प्रतितोला ५ हजार १५५ रुपैयाँमा खरिदबिक्री भएको थियो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?