जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

अभिनेत्री वर्षा शिवाकोटी ‘गंगा रानी’ मा अनुबन्धित

काठमाडौँ। अभिनेत्री वर्षा शिवाकोटी सिनेमा ‘गंगा रानी’ मा अनुबन्धित भएकी छन्। अभिनेत्री शिवाकोटीलाई औपचारिक रूपमा स्वागत गर्दै निर्माण टिमले एक पोस्टर सार्वजनिक गरेको छ।

रातो पहिरनमा देखिएकी वर्षा सिवाकोटी पोस्टरमा आत्मविश्वासी र आकर्षक अवतारमा प्रस्तुत भएकी छन्। उनको हेराइ र अभिव्यक्तिले सिनेमाभित्र प्रेम, रहस्य र संघर्षको संकेत दिन्छ।

त्यसैगरी पोस्टरको अगाडि एक युवकको कालो छाया देखाइएको छ, जसले सिनेमाको कथामा कुनै गहिरो रहस्य वा भावनात्मक सम्बन्ध रहेको अनुमान लगाउन सकिन्छ। ती व्यक्ति को हुन त्यो खुलाइएको छैन्।

पृष्ठभूमिमा पुराना घरहरू र बस्तीको परिवेश देखाइएको छ। सुनौलो तथा मधुरो प्रकाशको प्रयोगले पोस्टरलाई भावनात्मक र रहस्यमय बनाएको छ। यो सिनेमाको छायांकन भदौ दोस्रो हप्ताबाट सुरु गरिने निर्देशन साने बताउँछन्।

आहा फिल्मस्को प्रस्तुतिमा बन्ने सिनेमा का निर्माता कमलप्रसाद शर्मा हुन्। सिनेमामा लेखन तथा निर्देशन राजबहादुर सानेको रहनेछ। यो सँगै निर्माण टिमले कास्टिङ कलको आह्वान पनि गरेको छ। एक पोस्टरमार्फत टिमले मुख्य पात्रहरूमा ४ महिला र ४ पुरूष आह्वान गरेको हो।

पुरूष २० वर्षदेखि ४० वर्ष उमेर समूहका र महिलाका १८ वर्षदेखि ३५ वर्ष उमेर समूहका कलाकारलाई आवेदन दिन सकिने पोस्टरमा उल्लेख गरिएको छ।

निर्माण टिमका अनुसार इच्छुक कलाकारहरूले आफ्नो परिचय भिडियो वा पोर्टफोलियो सहित दिइएको इमेल [email protected] मा आवेदन पठाउन सक्नेछन् । यस बाहेक सम्पर्कका लागि फोन र व्हाट्सएप नम्बर पनि उपलब्ध गराइएको छ। आवेदन अवधि जेठ २० सम्म रहनेछ।

निर्देशक सानेले यसअघि ‘पाठशाला’, ‘द रिटर्न हिरो’, ‘लाटी’, ‘वृन्दावन’, ‘बिरंगना’, ‘डोली’, ‘गुड फ्रेण्ड’, ‘सिल्ली फो’, ‘बुलाकी’, ‘जुना’ र ‘सिटामोल’ लगायतका सिनेमा लेखन तथा निर्देशन गरिसकेका छन्। ‘बुलाकी’ बाट उनले उत्कृष्ट पटकथातर्फ राष्ट्रिय पुरस्कार समेत जितेका थिए।

आहा फिल्मस्को प्रस्तुतिमा निर्माण भएको तथा निर्देशक सानेले नै निर्देशन गरेको सिनेमा ‘लज्जावती’ प्रदर्श तयारीमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?