जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

रकुलप्रीत सिंह र ज्याकी भगनानी विवाह बन्धनमा बाँधिदै

बलिउड अभिनेत्री रकुलप्रीत सिंह विवाह बन्धनमा बाधिन लागेकी छिन् । उनले २२ फेब्रूअरीमा निर्माता ज्याकी भगनानीसँग विवाह गर्न लागेकी हुन्।

समाचार एजेन्सीका अनुसार उनीहरूले गोवामा विवाह गर्न लागेका हुन्। विवाह समारोहमा परिवारका सदस्य र नजिकका साथीभाइ मात्र सहभागी हुनेछन्। रकुल र ज्याकी करिब दुई वर्षदेखि प्रेम सम्बन्धमा छन्।

रकुलले सन् २००९ मा कन्नड फिल्म ‘गिली’ बाट अभियनमा डेब्यू गरेकी थिइन्। उनले सन् २०१४ मा ‘यारियाँ’ बाट बलिउडमा डेब्यू गरेकी थिइन्।

ज्याकीले ‘कठपुतली, गणपत, मिसन रानीगन्ज’ लगायत फिल्म निर्माण गरेका छन्। उनी अक्षय कुमार र टाइगर श्राफको मुख्य भूमिका रहने फिल्म ‘बडे मिया छोटे मिया’ निर्माण गर्दैछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?