जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

आज बजारमा सुनको भाउ घट्दा चाँदी स्थिर

काठमाडौं – नेपाली बजारमा मंगलबार सुनको भाय घटेको छ। भने चाँदीको भाउ भने स्थिर रहेको छ। आज सुनको भाउ प्रतितोला ३०० रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मैगलबार छापावाल सुन प्रतितोला १ लाख १७ हजार ७०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार १५० रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भएको थियो। सोमबार भने सुनको कारोबार स्थिर रहेको थियो ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ। सोमबार प्रतितोला १३ सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?