जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

भुलभुलैया ३ मा अभिनेत्री विद्या बालनको इन्ट्री

काठमाडौं – बलिउडको सुपरहिट हरर कमेडी फ्रेन्चाइज ‘भूल भुलैया’ को तेस्रो पार्टको घोषणा भएको छ । सन् २०२२ मा रिलिज भएको फिल्मको दोस्रो भागमा मुख्य भूमिका निभाउने अभिनेता कार्तिक आर्यनले टिजर सेयर गरेका छन् ।

चाखलाग्दो कुरा के छ भने फिल्मको पहिलो भागमा मञ्जुलिकाको भूमिकामा देखिएकी अभिनेत्री विद्या बालन यो तेस्रो पार्टमा फर्कने भएकी छन् । उनलाई फेरि मञ्जुलिकाको भूमिकामा हेर्न दर्शक निकै उत्सुक छन् ।

घोषणासँगै फिल्मको तेस्रो पार्टमा अभिनेत्री विद्या बालनको इन्ट्री भएको छ। पहिलो भागमा मञ्जुलिकाको भूमिकामा देखिएकी उनी तेस्रो पार्टमा फर्किन लागेकी हुन्।

कार्तिकले आफ्नो सामाजिक सञ्जालमार्फत फिल्ममा विद्या बालनको इन्ट्री भएको जानकारी दिएका छन्। ‘यो हुन गइरहेको छ। मन्जुलिका ‘भुल भुलैया’ को दुनियाँमा फर्किँदैछिन्। म उहाँलाई स्वागत गर्न धेरै उत्साहित छु। यो दीपावली निकै रोमाञ्चक हुने भएको छ।

भूषण कुमार निर्माता रहेको यस फिल्मलाई अनीस बज्मीले निर्देशन गर्नेछन्। कात्तिकको मुख्य भूमिकामा बन्ने फिल्मको घोषणाको टिजर देखेपछि फ्यानहरु उत्साहित भएका छन्।

रुह बाबा र मञ्जुलिकालाई सँगै देख्दा रमाइलो हुने मानिसहरु बताउँछन् । योसँगै धेरै फ्यानहरूले अक्षय कुमारलाई फ्रेन्चाइजीमा फिर्ता ल्याउन माग गरिरहेका छन्। एक प्रयोगकर्ताले लेख्छन्, ुकार्तिकसँग कुनै समस्या छैन तर अक्षयलाई पनि फिर्ता ल्याउनुपर्छ।’

सन् २००७ मा रिलिज भएको ‘भूल भुलैया’ मा अक्षय कुमार, शाइनी आहुजा, राजपाल यादव, परेश रावल र विद्या बालन मुख्य भूमिकामा देखिएका थिए। प्रियदर्शन निर्देशित यस फिल्मले ८३ करोड भारुको व्यापार गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?