जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

अनिल र देवले पनि लिग–२ खेल्ने

काठमाडौं- अनिल साह र देव खनाल भोलिदेखि शुरु हुने आईसीसी लिग–२ को त्रिदेशीय शृङ्खलाका लागि नेपाली टोलीमा समेटिएका छन् । क्यानडासँग भएको एकदिवसीय शृङ्खलामा राम्रो प्रदर्शन गरेपछि उनीहरु टोलीमा परेका हुन् । यससँगै नेपाल क्रिकेट संघ क्यानले श्रृङ्खलाका लागि १५ सदस्यीय नयाँ टोली घोषणा गरिएको छ ।

अनिल र देव समेटिएपछि यसअघि टोलीमा परेका रिजन ढकाल र अर्जुन साउद भने बाहिरिएका छन् । लिग–२ को खेलमा कप्तान रोहित पौडेलसहित आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ छन् ।

नेपालले लिग–२ अन्तर्गत पहिलो खेल भोलि नामिबियासँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?