जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

प्रिमियर लिग महिला क्रिकेटमा कुवेतविरुद्ध नेपाल फिल्डिङ गर्दै

काठमाडौं- मलेसियामा जारी एसीसी महिला प्रिमियर लिग क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलअन्तर्गत कुवेतविरुद्धको खेलमा नेपालले टस हारेको छ । मलेसियाको क्वालालम्पुरमा कुवेतले टस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

यससँगै नेपालले पहिला फिल्डिङ गर्नेछ । यसअघि नेपालले हङकङ, भुटान र माल्दिभ्सलाई पराजित गर्दै क्वार्टरफाइनल पुगेको हो ।

नेपालले हङ्कङ र भुटानलाई समान आठ विकेटले पराजित गरेको थियो भने माल्दिभ्सलाई दुई सय १४ रनको भारी अन्तरले पराजित गरेको थियो ।

कुवेतले म्यानमार र सिङ्गापुरलाईलाई पराजित गरेको थियो भने थाइल्याण्डसँग पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?