जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सीताको ह्याट्रिकसँगै कुवेतले नेपाललाई दियो ७४ रनको लक्ष्य

काठमाडौं- मलेशियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा कुवेतले नेपाललाई ७४ रनको लक्ष्य दिएको छ । खेलमा टस जितेर पहिला ब्याटिङ गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाउदै ७३ रन बनाएको हो ।

कुवेतलाई ७३ रनमा रोक्ने क्रममा नेपालकी सीता राना मगरले ह्याट्रिक लिएकी थिइन् । सीताले खेलको १३औं ओभरको दोस्रो, तेस्रो र चौथो बलमा विकेट लिदै आफ्नो ह्याट्रिक पुरा गरेकी थिइन् ।

त्यस्तै, नेपालका लागि रुबिना क्षेत्री र कबिता कुँवरले २-२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?