जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नेपाल मञ्चनपछि भारततर्फ ‘क्लेशाः

काठमाडौं – विश्वको प्रतिष्ठित नाट्य महोत्सवमध्ये एक भारत रङ्ग महोत्सवको २३औँ संस्करणमा छानिएको नाटक ‘क्लेशाः’ को विशेष मञ्चन नेपालमा गरिएको छ ।

महोत्सवमा सहभागी हुनुअघि माघ २९ र फागुन १ मा काठमाडौंस्थित मण्डला नाटकघरमा मञ्चन गरिएको निर्देशक विजया कार्कीले जानकारी दिइन्। ‘विशेष मञ्चनपछि आज करमन कला समूहको नाट्य टोली भारत प्रस्थान गर्दैछौँ । हामी भारतकै प्रतिष्ठित मानिने महोत्सवमा मञ्चन गर्ने कुराले उत्साहित भएका छौँ । कोभिडका कारण सहभागी हुन नपाएको नाटकले पुनः त्यो अवसर पाएको छ’, उनले भनिन् ।

भारतको नाट्य प्रज्ञा–प्रतिष्ठान मातहत रहेको राष्ट्रिय नाट्य विद्यालय ‘एनएसडी’ले वार्षिक रुपमा आयोजना गर्ने महोत्सवमा यसपटक ६२ नाटक मञ्चन गरिनेछ । गत माघ १८ देखि सुरु भएर यही फागुन १४ गतेसम्म हुने महोत्सवमा ‘क्लेशाः’ फागुनको ५ र ७ गते मञ्चन हुनेछ ।

प्रतीक्षा कट्टेलकाे लेखनमा रहेको नाटक ‘क्लेशाः’को मुख्य स्रोत रामायण हो । यसले ऋषि वाल्मीकिको कथालाई समसामयिक रुपमा प्रस्तुत गर्ने प्रयास गरेको छ । ‘क्लेशाः’का पाँच तत्व अज्ञानता, अहङ्कार, मोह, विच्छेद र डरको दार्शनिक पृष्ठभूमिसहित नेपालको एक दुर्गम गाउँमा पञ्चायती व्यवस्थाको सामाजिक र सांस्कृतिक परिवेश नाटकमा समावेश गरिएको लेखक कट्टेलले बताइन् ।

नाटकमा सरिता गिरी, सुरक्षा पन्त, कुशल पाण्डे, सुदीप खतिवडा, विजय बराल, विकास जोशी, रोशनी कार्की, स्वप्निल घिमिरे, सन्दिप श्रेष्ठ, संयोग गुरागाइँ, मिलन कार्की, सुजन खतिवडा, सविना थापा, रुजा राउत लगायत कलाकारले अभिनय गरेका छन् । उक्त महोत्सवमा नेपालबाट छानिएको यो एक मात्र नाटक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?