जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सक्किगोनी टिमले फिल्म ‘लाज शरणम्’ बनाउने

काठमाडौं – चर्चित हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को टिमले नयाँ चलचित्र निर्माणको औपचारिक घोषणा गरेको छ । टिमले बुधबार वसन्त पञ्चमी तथा प्रेम दिवसको अवसर पारेर चलचित्रको नाम ‘लज्जा शरणम’ घोषणा गरेको हो ।

वसन्त पञ्चमीको अवसर पारेर सामाजिक सञ्जालमार्फत नाम सार्वजनिक गरिए पनि चलचित्रका बारेमा विस्तृत जानकारी भने दिइएको छैन । चलचित्रको निर्देशन भने सम्भवतः अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री’ ले गर्नेछन् ।

उनीहरूले सक्किगोनीको निर्देशन गर्दै आएका छन् । चलचित्रमा सक्किगोनीका थुप्रै कलाकारहरूलाई देख्न सकिने छ । अन्य कलाकारहरूबारे जानकारी दिइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?