जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

फेरिँदै छ नेपालीको खर्च गर्ने शैली, बढ्दै छ फलफूल र मासुमा खर्च

काठमाडौँ –  नेपालीको खर्च गर्ने  शैलीमा व्यापक परिवर्तन आएको एक सर्वेक्षणले देखाएको छ। 

हालै सार्वजनिक नेपाल जीवनस्तर सर्वेक्षण अनुसार विगतमा आम्दानीको दुई तिहाइसम्म खाद्यान्न खरिदमा खर्च गर्ने प्रवृत्ति बिस्तारै लामो समय टिक्ने गैरखाद्य वस्तुको खरिदतर्फ मोडिएको देखिएको हो । 

सर्वेक्षणअनुसार सन् २०११ मा कुल खर्चको ६२ प्रतिशत खाद्यान्नमा खर्च गर्ने नेपालीले सन् २०२२ सम्म आइपुग्दा त्यस्तो खर्च घटाएर ५३ प्रतिशतमा सीमित गरेका छन्।

यसको अर्थ खाद्यान्नमा हुने खर्च र गैरखाद्यान्न हुने खर्च अब बराबरी जस्तै अवस्था आएको देखिन्छ ।  सन् २०११ मा गैरखाद्य बस्तुमा ३८ प्रतिशत खर्च गर्ने नेपालीले सन् २०२२ सम्म बढाएर ४७ प्रतिशत पुर्‍याएका छन्। 

समीक्षा अवधिमा नेपालीले खाद्यान्नमा पनि अधिक क्यालोरी भएका पौष्टिक खाद्यमा बढी खर्च गर्न थालेको देखिएको छ। 

उदाहरणका लागि कुल खाद्यान्नमध्ये सन् २०११ मा तीन प्रतिशत हिस्सा फलफूलको हुनेमा सन् २०२२ मा फलफूलको हिस्सा बढेर सात प्रतिशत पुगेको छ । खाद्यान्नको कुल खर्चमध्ये १४ प्रतिशत मासुमा हुने गरेको पाइन्छ, जुन २०११ मा १३ प्रतिशत थियो। 

त्यस्तै तरकारीको अंश १० प्रतिशतबाट बढेर १२ प्रतिशत पुगेको छ। त्यस्तै खाद्यान्नको कुल खर्चमध्ये १४ प्रतिशत मासुमा हुने गरेको पाइन्छ, जुन २०११ मा १३ प्रतिशत थियो। यसले नेपालीले मासुमा गर्ने खर्च पनि बढेको देखाउँदा अनाजतर्फको खर्च घटाएर फलफूल, तरकारी र माछामासुतर्फ बढाएको सर्वेक्षणले देखाउँछ ।

सन् २०११ मा ३४ प्रतिशत खर्च अनाजमा गर्ने प्रवृत्ति बदलिएर १७ प्रतिशतमा पुगेको छ। यस हिसाबले अनाजमा गर्ने खर्च आधा घटाएको देखिन्छ। 

गैरखाद्यान्नतर्फ नेपालीको खर्च बढ्नुको मुख्य कारण भने भाडा, यातायातका साधन र सूचना प्रविधिको बढ्दो उपयोग देखिन्छ । त्यस्तै पछिल्लो समय नेपालीको ध्यान टिकाउ वस्तुको खरिदतर्फ गएको पनि सर्वेक्षणले देखाउँछ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?