जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

ऊनको स्वीटरको टाइटल गीत सार्वजनिक

काठमाडौं – फिल्म ‘ऊनको स्वीटर’ को टाइटल गीत सार्वजनिक गरिएको छ । ६ महिनाअघि फिल्म ‘ऊनको स्वीटर’ घोषणा गर्दा सार्वजनिक गरिएको टाइटल गीतको सानो अंशलाई आर्टमान्डूले गीतको पूरा अंश बनाएर सार्वजनिक गरेको हो ।

भिडिओमा अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको प्रेमिल भाव सुन्दर तरिकाले चित्रण गरिएको छ। ‘फूल’ शीर्षक राखिएको गीतका शब्दहरु हर्क साउदका शब्दले लेखेका हुन्।

‘ऊनको स्वीटर’ निर्देशक नवीन चौहानको यो पहिलो फिचर फिल्म हो। केहीदिनअघि फिल्मको पहिलो पोस्टर पनि निर्माण टिमले सार्वजनिक गरेको थियो।

यस फिल्ममा विपीन र मिरुनासहित माओत्से गुरुङ, अनिल सुब्बा, सुरज तमू, एलेक्स पारस, परीक्षा लिम्बू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ, नरेश लावती लगायतका अभिनय छ।

पाँचथरमा छायाङ्कन गरिने फिल्म वैशाखबाट फ्लोरमा जानेछ। आर्टमान्डूका अनुसार फिल्म असोज कात्तिकतिर प्रदर्शन गर्ने योजना छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?