जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

कालिम्पोङमा फिल्म ‘दान्भी’ को छायांकन धमाधम

काठमाडौं – भारतको कालिम्पोङमा एक्सन फिल्म ‘दान्भी’ को छायांकन धमाधम भइरहेको छ। रूपेश तामाङको निर्देशनमा तयार भइरहेको फिल्म अभिनेत्री पूजा शर्मा र कुन्साङ बोमजोमले अभिनय गरिरहेका छन्।

निर्माण टिमले एक्सनले भरिपूर्ण फिल्म टिजर सार्वजनिक गरिसकेको छ। एक सातादेखि फिल्ममो मुख्य अंशको छायांकन कालिम्पोङ भइरहेको छ । निमार्ण पक्षका अनुसार फिल्मको अझै एक साता छायांकन सेड्यूल छ।

फिल्मको टिजर सार्वजनिक भएपनि यो फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन। फिल्ममा पूजा र कुन्साङसँगै किरण श्रेष्ठको अभिनय छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?