जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

फ्राइडे रिलिज

आजबाट प्रदर्शनमा आए ‘जिग्री’, ‘बब मार्ली’ र ‘मेडम वेभ’ 

काठमाडौँ – आजदेखि नेपाली हलमा तीन नयाँ फिल्म प्रदर्शनमा आएका छन् । जसमा नेपाली भाषाको ‘जिग्री’ र हलिउडका दुई फिल्म ‘बब मार्ली : वान लभ’ तथा ‘मेडम वेभ’ रिलिज भएका हुन् ।

‘एउटा आलु जस्तो, अर्को तामा जस्तो’ ट्यागलाइन रहेको  ‘जिग्री’ मा कमेडी–क्राइम–एक्सन–ड्रामाको मिश्रण रहेको छ ।

आकाश मगरले निर्देशन गरेको यस चलचित्रमा अभय राज बराल, आकाश मगर, सुप्रिया राना, रोशन सुवेदी, जीवन बराल, वासुदेव खनाल, नवीन लम्साल, केदार श्रेष्ठ, दिवाकर घिमिरे, सुशीला लक्ष्मी महर्जन, मनिष व्याञ्जु, स्नेहा रसाइली, अर्जुन पौडेल, शङ्कर भण्डारी लगायतको अभिनय रहेको छ।

अनेकौँ सपना बोकेर काठमाडौँ आएका दुई फरक युवाको सङ्घर्षको फिल्ममा प्रस्तुत गरिएको छ।

ती युवाले महँगी र अभावमा पिल्सदै काठमाडौँमा टिकेर बस्नका लागि गरेको सङ्घर्ष फिल्मको मुख्य विषयवस्तु हो। कमेडी, क्राइम, एक्सन, ड्रामा जनरामा बनेको फिल्मका निर्देशक आकाश मगर हुन्।

यस्तै ‘बब मार्ली : वान लभ’ विश्वचर्चित गायक तथा गीतकार बब मार्लीको बायोपिक फिल्म हो । रेनाल्ड मार्कस ग्रीन निर्देशित यो फिल्ममा किंग्स्ले बेन, आदिर जेम्स र नोर्टन लसाना लिंचको शीर्ष भूमिका रहेको छ । 

फिल्मले मार्लीको जीवन, उनको सांगीतिक यात्राको चित्रण गर्छ । मार्लीका गीत उनको मृत्युको ४० वर्षपछि पनि अझै  लोकप्रिय छन् । 

अर्को हलिउड फिल्म ‘मेडम वेभ’ पनि हलमा रिलिज भएको छ । एसजे क्लार्कसन निर्देशित यो फिल्ममा डकोटा जोन्सन, सिड्नी स्वीनी, एम्मा रोबर्ट्स, एडम स्कट, इसाबेला मर्सिडको शीर्ष भूमिका छ ।

एक रहस्यमय शक्तिले उनीहरूलाई मार्न चाहन्छ र यस्तोमा वेभले ती पात्रलाई जोगाउनुपर्ने कथावस्तु यसमा छ । न्युयोर्कको एक प्यारामेडिक पात्र क्यासान्ड्रा वेभसामु तीन युवतीलाई जोगाउनुपर्ने बाध्यता आइपर्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?