जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

यस्ता छन् सुन्तला खानुका १० फाइदाहरू

अहिले जाडो मौसमको सिजन छ । बजारमा मौसम अनुसारका फलफूलहरू पाइन्छन् । यतिबेला तपाईँले बजारभरि सुन्तला देखिरहनुभएको होला ।

जाडो मौसम  सुन्तला, मौसम जस्ता फलफूलहरू पाइने समय हो । चिसो मौसमको पारिलो घाममा रसिलो सुन्तला खानुको मज्जा तपाइले पनि लिनुभएको होला । 

सुन्तला खाँदा जति मिठो र रसिलो हुन्छ, त्यति नै पोषक तत्वका हिसाबले पनि निकै  फाइदाजनक छ। अधिकांश मानिसहरूले  सुन्तला चिसो हुने भएकाले यसलाई जाडो मौसममा सेवन गर्नु हुँदैन भन्ने धारणा राखेको पाइन्छ, जुन गलत छ ।

जाडो मौसममा सुन्तलाको सेवन अत्यन्त फाइदाजनक हुन्छ । यसको नियमित सेवनले हामी विभिन्न मौसमी रोगहरूबाट मुक्त हुन सक्छौँ ।

सुन्तलामा प्रशस्त  मात्रामा भिटामिन सी पाइनुको साथै एन्टिअक्सिडेन्ट पनि पाइन्छ। यस्ता एन्टिअक्सिडेन्टहरुले छाला राम्रो राख्न मद्दत गर्छ। एउटा सुन्तलाले दैनिक चाहिने भिटामिन सी आवश्यकता सजिलै पूरा गरिदिन्छ।

विशेषत :नेपालको पहाडी भेगमा प्रशस्त मात्रामा उत्पादन हुने सुन्तला मुटुरो, क्यान्सर जस्ता रोगका बिरामीका लागि उपयोगी हुन्छ।

सुन्तला  खानुका फाइदाहरू :

-भिटामीन सीले भरिपूर्ण सुन्तला हरेक व्यक्तिका लागि लाभदायक फल हो ।

-सुन्तलाले ब्लडप्रेसरको समस्यालाई समेत नियन्त्रणमा राख्छ ।

-सुन्तलाको सेवनले मृगौलामा हुने पत्थरीको खतरालाई पनि कम गर्छ ।

-सुन्तलाले मुटुसंग सम्बन्धित समस्याहरूलाई पनि कम गर्छ ।

-सुन्तलामा भिटामिन सी पर्याप्त मात्रामा पाइन्छ, जसले हाम्रो छालालाई चाउरिनबाट बचाउँछ, साथै कहिल्यै सुख्खा हुन दिँदैन ।

– सुन्तलाले ब्लड सुगरलाई नियन्त्रण गर्छ ।

– वजन कम गर्न चहानेहरुका निमित्त पनि  सुन्तला निकै उपयोगी मानिन्छ  ।

– सुन्तलामा पाइने भिटामिन ए स्वस्थ आँखाका लागि एकदमै आवश्यक तत्त्व हो। यसले उमेरसँगै गुम्ने दृष्टि क्षमतालाई बचाउन मद्दत गर्छ।

– सुन्तलामा पाइने फाइबर अर्थात् रेशायुक्त पदार्थले कब्जियत हुनबाट जोगाउँछ। यसले हाम्रो पाचन प्रणाली स्वस्थ राख्न मद्दत गर्छ।

-सुन्तलामा पाइने ‘डी–लिमोनेन भन्ने तत्त्वले स्तन क्यान्सर, फोक्सोको क्यान्सर, छालाको क्यान्सरको जोखिम कम गर्छ। एन्टिअक्सिडेन्टले पनि क्यान्सर हुन नदिन सहयोग गर्छ। सुन्तलामा पाइने प्रशस्त फाइबरले पनि कोलोन क्यान्सर हुन नदिन मद्दत गर्छ।

सुन्तला मात्रै नभएर यसको बोक्रा पनि पोषक तत्त्वले भरिपूर्ण हुन्छ। यस कारण पनि  अहिले सुन्तलाको मौसममा खाजाका रूपमा सुन्तला खानु स्वास्थ्यको दृष्टिकोणले निकै फाइदाजनक रहेको  छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?