जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

रोहिणीको दोस्रो पुस्तक ‘द नेपाल कुक बुक’ सार्वजनिक

काठमाडौं – लेखक रोहिणी राणाको दोस्रो पुस्तक ‘द नेपाल कुक बुक’ सार्वजनिक भएको छ। शुक्रबार एक कार्यक्रमकाबिच राणाको नेपाली सेनाका प्रमुख प्रभुराम शर्माको प्रमुख आतिथ्यमा ‘द नेपाल कुक बुक’ सार्वजनिक भएको हो।

पेन्गुइन र्‍यान्डम हाउस इन्डियाले प्रकाशन गरेको पुस्तक नेपालमा एकता बुक्सले वितरण गर्नेछ। द नेपाल कुक बुकमा देशका विभिन्न भागका जातजातिको भान्सामा पाक्ने परिकार र ती परिकार पकाउने तरिका समेटिएको राणाले जानकारी दिइन्।

राणाको यो दोस्रो बुक हो। यो भन्दा पहिले राणाले राणाकालीन दरबारमा पाक्ने परिकार र ती परिकार पकाउने तरिकासमेटर तयार पारिएको ‘द राणा कुक बुक’ प्रकाशित गरिसकेकी छिन् ।

‘नेपाल कुक बुक’ मा देशभरिका विभिन्न जातजातिका खानेकुरा दाल, भात, तरकारी, अचार, मःम, यःमरी, ढिक्री, छोइला, मासुलगायतका १०८ प्रकारका परिकार र ती परिकार पकाउने विधि समावेश गरिएको जानकारी राणाले दिइन्।

पुस्तकले नेपालको विविधता र विविध संस्कृति झल्काउने उनी बताउँछिन्। प्रधान सेनापति शर्माले राणाको सफलताको कामना गरे। उनले भने, ‘यो पुस्तकले पनि उहाँको पहिलो पुस्तकले जस्तै सफलता पाउनेमा विश्वास लिएका छौँ।’

राणाले विविध परिकार पकाउने कला सबैको अगाडि ल्याएकोमा नेपाललाई विश्वसँग जोड्ने विश्वास प्रधान सेनापति शर्माले व्यक्त गरे। घरघरमा पाक्ने परिका, तिनका प्रकार, पकाउने विधि र खाने संस्कारलाई पुस्तकले विश्वसँग जोड्न मद्दत गर्ने शर्माको भनाइ थियो।

भोजनका परिकार र बनाउने सोखका कारण पुस्तक जन्मिएको लेखिका राणाको भनाइ छ। पति ‘पूर्वप्रधानसेनापति गौरवशमशेर राणा’ को प्रेरणाले यो पुस्तक लेख्न हौसला मिलेको उनले बताइन्। रोहिणी भारतको आगरामा जन्मिएर नेपालमा विवाह गरि आएकी हुन्। पेन्गुइन र्‍यान्डम हाउस इन्डियाले प्रकाशन गरेको पुस्तकको वितरण नेपालमा एकता बुक्सले गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?