जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मेनुकाले पहिलो लाईभ सांगीतिक कार्यक्रम काठमाडौंबाट गर्ने

काठमाडौं – मेनुका पौडेलले आफ्नो पहिलो लाईभ सांगीतिक कार्यक्रम काठमाडौंबाट गर्ने भएकी छिन् । मेनुकाको लाईभ सांगीतिक कार्यक्रम नेपालका प्रमुख ४ शहरहरुमा आगामी फागुन १८ गतेदेखि चैत १६ गतेसम्म संचालन हुनेछ ।

तपस्या इन्टरटेन्मेन्टको आयोजनामा हुने लाईभ सांगीतिक कार्यक्रम काठमाडौं, चितवन, पोखरा र इटहरीमा हुनेछ । विस २०५५ सालमा झापाको हल्दीबारी ४ मा जन्मेकी मेनुकाले १८ वर्षको उमेरमा नेपाल आईडलको पहिलो सिजनमा भाग लिईन् ।

नेपाल आईडलले नै उनलाई देशविदेशमा रहने नेपालीहरुमाझ चिनायो । त्यसपछि उनले भारतिय टीभी चयानल सारेगमपको मुम्बई अडिसनमा भाग लिइन् र उक्त कार्यक्रममा उनी टप ११ मा पर्न सफल भएकी थिइन । त्यसपछि इन्डियन आइडलमा गई पौडेल टप १० सम्म पुग्न सफल भएकी थिइन् ।

नेपाल टुरमा आर्टिस्ट म्यानेज्मेन्ट माईपे इभेन्टले गरेको मेनुकाको सांगीतिक कार्यक्रमको प्रायोजन माईपे मनि ट्रान्सफरले गरेको छ । आगामी फागुन १८ गते काठमाडौंको क्लब प्लाटिनममा साँझ ७ बजेदेखि कार्यक्रम सुरु हने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?