जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘दंगल’ की बालकलाकार सुहानीको निधन

काठमाडौं- आमिर खानको ‘दंगल’ मा बाल कलाकारको भूमिका निभाएकी अभिनेत्री सुहानी भटनागरको १९ वर्षको उमेरमा निधन भएको छ । सुहानीको केही दिनदेखि फरिदाबादमा उपचार भइरहेको थियो ।

केही दिनअघि मात्रै उनको खुट्टा भाँचिएको थियो । उपचारका लागि लिइरहेको औषधिको प्रतिक्रियाका कारण सुहानीको पूरै शरीर पानीले भरिएको थियो ।

यसै कारण उनको मृत्यु भएको हो । सुहानीको सेक्टर १५ फरिदाबादस्थित अजरौंडा श्मशान स्थलमा अन्तिम संस्कार गरिने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?