जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सूर्यको अध्ययन गर्न भारतले पठाएको यान लक्ष्य नजिक

काठमाडौं – सूर्यको अध्ययन गर्न भारतले पठाएको अन्तरिक्ष यान लक्ष्य नजिक उन्मुख भएको छ । आदित्य एल वन नामक उक्त यान प्रक्षेपणपछि चार महिनाको यात्रा तय गर्दै आदित्य एल वन लाग्रेरेन्ज पोइन्ट वन (एल वन) पुग्न लागेको हो ।

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) का अनुसार लक्ष्य प्राप्त गर्न यानले पृथ्वीबाट करिब १५ लाख किलोमिटर टाढा रहेको एल वनको हलो कक्षमा प्रवेश गर्नुपर्ने हुन्छ, जुन यानको गन्तव्यमा पुग्नअघिको सबैभन्दा चुनौतीपूर्ण भाग हो ।

यानमा कुनै समस्या नभए आदित्य एल वन आगामी जनवरी ६ मा आफ्नो लक्ष्यको अन्तिम कक्षमा पुग्ने छ । यसको नजिक पुगेपछि यानमा भएको इन्जिन अन्तिम पटक जलाउने र यदि यो सफल भएर एल वनमा यान प्रवेश गरे पाँच वर्षभन्दा बढी रहेर आदित्य एल वनले काम गर्ने इसरोको भनाइ छ ।

पहिलो सूर्य यानका रूपमा गत सेप्टेम्बर २ मा दिन भारतले प्रक्षेपण गरेको यो यानलाई सूर्य र पृथ्वीको गरुत्वाकर्षण सन्तुलित हुने स्थानमा राख्ने इसरोको योजना छ ।

त्यहाँ बसेर आदित्य(एल वन)ले अन्तरिक्षको मौसम, अन्तरिक्षको हलचल, सौर्य गतिविधि र वास्तविक समयमा त्यसले अन्तरिक्ष मौसममा पार्ने प्रभावबारे अध्ययन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?