जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

जय बागेश्वरीमा ग्वल अर्केष्ट्रा सम्पन्न

काठमाडौँ – काठमाडौँ महानगरपालिका तथा ग्वलः बाजँ खल : को  संयुक्त आयोजनामा ‘ग्वल : अर्केष्ट्रा २०८०’ सम्पन्न भएको छ । 

जयवागेश्वरी मन्दिर परिसरमा आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिका तथा विभिन्न बाजागाजा संरक्षणमा कटिवद्ध रहेका विभिन्न चौधबाट क्लबहरूको सहभागीता रहेको थियो ।

अर्केष्ट्रामा १५० भन्दा  बढी कलाकारहरूको  एउटै मञ्चबाट विभिन्न बाजाहरू मार्फत विभिन्न  धुनहरू प्रस्तुत गरेका थिए ।

काठमाडौँ महानगरपालिकाले बाजागाजा तथा संस्कृतिको संरक्षणार्थ तथा मौलिकपन दर्साउने अथक प्रयास स्वरूप कार्यक्रम आयोजना गरिएकोक वडा अध्यक्ष एवं कार्यक्रम संयोजक आशामान संगतले बताए । 

विभिन्न नेवारी पहिचान, बस्ती, आफ्नै कला, संस्कृति, बाजागाजा, मौलिकपन, परम्परागत धुन, धार्मिक स्थल मठमन्दिरको संरक्षणका लागि ग्वल : क्षेत्रमा रहेका सम्पदा संरक्षणका लागि अर्केष्ट्रा आयोजना गरिएको उनको भनाई छ ।

याे क्षेत्रमा नाै वटा पौखरी, नौ वटा ढुङ्गेधारा, नौ वटा जात, नौ वटा इनार, नौ वटा ढोका, नौ वटा टोल, नौ वटा शक्तिपिठ, नौ वटा पाटिपौवा तथा नौ वटा डबली रहेका छन् ।

अर्केष्ट्रा मार्फत यी सबैकाे पहिचानलाई विश्वमाझ झल्काउने प्रयत्न गरिएको संगतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?