जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

बाइस वर्षपछि योञ्जनले ल्याए ‘माछिमा काँडे नि हौ खुकुरी मेरो’

काठमाडौँ– गायक, गीतकार तथा अनुसन्धाता सन्तोष योञ्जनले बाइस वर्षपछि सांगीतिक कोसेली स्वरुप ‘माछिमा काँडे नि हौ खुकुरी मेरो’ बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरेका छन् ।

उनले हालै आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् । आदिवासी संस्कृति, परम्परा र जीवनशैलीकै परिवेशमा खोज तथा अनुसन्धान गरिरहेका योञ्जनले दस्तावेजकै स्वरुपमा गीत सार्वजनिक गरेका हुन् । यसअघि उनले ‘रेल्ली रेशम’ बोलको गीत बाइस वर्षअघि रेकर्ड गरेका थिए ।

पूर्वाञ्चल क्षेत्रमा हाक्पारे भाकाको लयमा गाउने पछिल्लो सार्वजनिक गीतको संकलन तथा स्वर योञ्जनकै रहेको छ । योञ्जनका अनुसार पुर्वाञ्चल क्षेत्रमा हाक्पारे गीत मध्य हाट बजार, मेला पर्व, चाड पर्वको अवसरमा गाएर नाचिने युवायुवतीमाझ प्रख्यात भाका हो ।

विशेषतः यो भाका अरुण उपत्यका तथा तम्मोर उपत्यका क्षेत्रभित्रका किरात सभ्यता अन्तर्गत बसोबास गर्ने समुदायले गाउने चलन रहेको उनले बताए । उनले भने,‘हाल हाट बजार यातायात तथा बजार सन्जाल तथा रहनसहन लोप हुँदै गएको अवस्थामा खोज अनुसन्धान गरी अभिलेखिकरण गर्ने उद्देश्यले रेकर्ड गरिएको हो ।’

हाल विकासको यातायात तथा बजार सन्जालले रैथाने भाकाहरु हराउँदै गएको हुनाले आफ्नो प्रयासले संरक्षणमा टेवा पुग्ने उनको विश्वास छ । योञ्जनका ‘मार्बलको सारी’, ‘चरी हिमालमा’ लगायतका आधा दर्जन गीतहरु सार्वजनिक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?