जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

प्रतिक्षित साउथका यी ५ फिल्म, जसले मच्चाउन सक्छन् धमाका

काठमाडौँ– साउथ फिल्मलाई धेरैले रुचाउँछन् । यस वर्ष पनि साउथका धेरै फिल्महरू आउँदै छन् ।

यी फिल्महरूले पनि बक्स अफिसमा धमाका मच्चाउने अनुमान भारतीय मिडियाहरूले लाएका छन् । यस वर्ष रिलिज हुने भनिएका यी ५ फिल्महरूको चर्चा अलि धेरै चलिरहेको छ । 

अल्लू अर्जुनको ‘पुष्पा’ को सिक्वेल ‘पुष्पा २ः द रुल’ यसै वर्षको अगस्ट १५ मा रिलिज हुने भारतीय मिडियाहरूले जनाएका छन् । अहिले  यस फिल्मको छायाङ्कन भइरहेको छ । 

यस्तै ऋषभ शेट्टीको कान्ताराःअध्याय १ यसै वर्ष रिलिज हुने चर्चा भारतीय मिडियाहरूमा चलेको छ । जुनियर एनटीआरको ‘देवरा’ ले पनि बक्स अफिसमा धमाका मच्चाउने मिडियाहरुले बताएका छन् । यस फिल्मको ट्रेलर मात्रै आएको छ । 

यस्तै बा.रञ्जितको निर्देशनमा बनिरहेको फिल्म ‘टाङ्लान’ ले पनि दर्शकको निकै माया पाउने भारतीय मिडियाहरूले दाबी गरेका छन् ।

फिल्मको कथा सत्य घटनामा आधारित रहेको बताइएको छ । यो फिल्म यसै वर्षको अप्रिलमा रिलिज हुने बताइएको छ ।

यस्तै समय यात्राको बारेमा बनाइएको साइन्स फिक्सन फिल्म ‘द ग्रेटेस्ट अफ अल टाइम’ यस वर्षको अन्त्यसम्म आउने दाबी भारतीय मिडियाले गरेका छन् । यसले पनि बक्स अफिसमा धमाका मच्चाउने दाबी गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?