जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

९२ औं वर्षमा लागे भैरव बहादुर थापा, मन्त्री किरातीले घरमै पुगेर दिए शुभकामना

काठमाडौँ– नेपाली नृत्य क्षेत्रका पिताका रुपमा लिइने नृत्य गुरु भैरव बहादुर थापा ९२ औं वर्षमा लागेका छन् ।

थापालाई जन्मदिनको शुभकामना व्यक्त गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती आइतबार बिहान कालोपुलस्थित थापाको निवास पुगेका थिए ।

मन्त्री किरातीले थापा जिउँदो सम्पदा भएको बताउँदै टोपी र दोसल्ला ओढाएर शुभकामना दिए ।
थापाको जन्म वि.सं.१९८८ साल फागुन ६ गते बाबु पदमबहादुर र आमा ताम्बुला योञ्जन थापाको कान्छो छोराका रुपमा काठमाडौंको कमलपोखरीमा भएको हो ।

१० को दशकबाट नै नृत्य निर्देशकका रुपमा उनले नृत्यकलालाई अगाडि बढाएका हुन् । ‘सांस्कृतिक संस्थान’, ‘भैरव नृत्य दल’ जस्ता संस्थामा आवद्ध रहेर उनले नेपाली नृत्य क्षेत्रलाई अमूल्य योगदान दिएका छन् ।

उनले ६५ वर्ष समय लगाएर नृत्य लिपि र प्राविधिक पाटो सम्बन्धि ‘नृत्याक्षर विज्ञान’ पुस्तक तयार पारेर सार्वजनिक समेत गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?