जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

के सर्पले आफ्नो साथीको मृत्युको बदला लिन्छ ?

हामीले सानै देखि सुन्दै आएका धेरै कहानी मध्ये सर्पका कहानीहरू पनि हुन् । नेपाली समाजमा सर्पलाई घाइते बनाएर छोडे बदला लिन्छ भन्ने खालका कहानीहरू व्याप्त हुँदा नागमणि देखि इच्छाधारी नाग हुनेसम्मका कथाहरु पनि छन् ।

अझ तपाईँले अर्को कुरा पनि हेक्का राख्नु भएको होला सर्पले फोटो खिच्ने कुरो। फोटो खिच्ने सर्पलाई मारेन भने फेरि भरे राति वा पछि बदला लिन्छ भनेर मानिसहरूले कुरा गरेको पनि सुन्नु भएको होला नि, हैन ? तर के सर्पले साँच्चै यस्तो गर्न सक्छ त ?

सर्पको दिमाग यति पनि विकसित भएको हुँदैन जति हामीले यो कथा बनाउँदा प्रयोग गर्छौ। निकै कम बौद्धिकता भएको प्राणीले बद्ला लिन सक्छ भन्नु विज्ञानको दृष्टिबाट असम्भव देखिन्छ।

जीव विज्ञानको अनुसार सर्पले मर्न समयमा एक गन्ध छोड्ने गर्छ जसलाई सुँघेर अन्य सर्प सो ठाउँमा आइपुग्छन्। यसै कारण सर्पले आफ्नो साथीको मृत्युको बदला लिन्छ भन्ने कहानी बनेको हुनसक्छ ।

हो सर्पको सुँघ्ने शक्ति धेरै नै हुन्छ तर केही कुरा यादमा राख्न सक्ने क्षमता सर्पमा हुँदैन । त्यसैले यो अन्धविश्वास हो ।

यद्यपि आफ्नो खाने समय जस्ता विषय भने सर्पले याद राख्न सक्ने वैज्ञानिक अनुसन्धानहरूले देखाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?