जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

के वरुण धवन बुवा बन्न लागेका हुन् ?

काठमाडौं – बलिउड अभिनेता वरुण धवन र नताशा दलालले आफ्ना फ्यानसँग एउटा मनमोहक तस्बिर सेयर गर्दै अभिभावक बन्ने खुसीको खबर दिएका छन् । वरुण धवनले आफ्नी श्रीमती नताशा दलालको गर्भावस्थाको खुसीको खबर इन्स्टाग्राममा सेयर गरेका छन् ।

दुबै जोडी आफ्नो पहिलो सन्तानको लागि तयार छन्। याे जाेडीले २४ जनवरी २०२१ मा विवाह गरेका थिए। सामाजिक सञ्जालमा सेयर गरेकाे तस्बिरमा वरुण आफ्नी पत्नी नताशाको बेबी बम्पलाई चुम्बन गरिरहेको देखिन्छ ।

फोटोमा उनीसँगै अभिनेताको घरपालुवा कुकुर जोय पनि देखिएका छन् । तस्बिरमा, वरुण नताशा दलालको बेबी बम्पमा एक सुन्दर चुम्बन गरिरहेको देखिन्छ, जबकि उनी आफ्नो पेटमा माया गरिरहेकी देखिन्छन्।

वरुण डेभिड धवनका छोरा र रोहित धवनका भाइ हुन् । नताशा मुम्बईकी फेसन डिजाइनर हुन् र उनको आफ्नै लेबल छ। उनी र वरुण विवाहअघि लामो समयसम्म डेटमा थिए । वरुण पछिल्लो पटक नितिश तिवारीको फिल्म बावलमा जान्हवी कपुर र भेडियासँग देखिएका थिए । वरुण अब आफ्नो आगामी फिल्म ‘बेबी जोन’ मा देखिनेछन्, जसको टिजर हालै सार्वजनिक भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?