जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

यस्ता छन् धेरै रिसाउँदा हुने हानी, थाहा पाउनुहोस्

रिसले कसैलाई लाभ गर्दैन । रिस मानिसको सबैभन्दा ठुलो शत्रु हो । यसैले कैयौँ सम्बन्धहरू टुटेका छन् । त्यसैले रिसलाई सही समयमै नियन्त्रणमा लिन आवश्यक हुन्छ ।

रिसले केवल परिवार, साथीभाइ र आफन्तमा मात्र नभई समाज र स्वयम् व्यक्तिलाई पनि असर गर्दछ । यस अलावा व्यक्तिको स्वास्थ्यमा पनि ठुलो प्रभाव पार्दछ । रिसाउँदा शरीरमा पर्ने असरहरू निम्न छन् ।

– रिसाउँदा मस्तिष्कमा बन्ने रासायनिक तत्त्वले शरीर तथा मस्तिष्कमा असर पार्दछ ।

– रिसाउँदा आँखा रातो हुन्छ, अनि मुटुमा पनि जलन पैदा हुन्छ ।

– रिसले मानिसको ब्लडप्रेशर उच्च पार्छ

– रिसाउँदा मानिसमा आक्रामक भावना उत्पन्न हुन्छ, जो नियन्त्रण नभए घातक हुनसक्छ ।

– यसले सोच–विचारको शक्ति कमजोर हुन्छ ।

– रिसले मानिसमा तनाव बढाउँछ ।

– लगातार रिसाउँदा पाचन प्रणालीमा पनि नराम्रो असर पार्दछ ।

–रिसाउँदा पाचनतन्त्र कमजोर हुन्छ साथै एसिडिटी, कब्जियत, भोक नलाग्ने समस्या हुन्छ ।

– रिसले मानिसमा अनिन्द्राको समस्या निम्त्याउँछ ।

– सबैभन्दा महत्त्वपूर्ण, रिसाउने मानिसको आयु कम हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?