जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

फ्रिजमा राखेर खान नहुने खानेकुराहरू

काठमाडाैँ – अहिले अधिकांश व्यक्तिहरूको घरमा फ्रिज हुन्छ । एकपटक पकाएको खानेकुराहरू पुनः तताएर खान मिल्ने, खानाहरू,फलफूल,सागसब्जीहरु महिनौँ दिनसम्म नबिग्रने हुँदा फ्रिजको प्रयोग बढ्दो छ ।

फ्रिजमा राख्ने बित्तिकै सबै खानेकुरा ताजा रहन्छन् भन्ने आम सोचाइ छ । र अक्सर खानपिनका कुरा ताजा राख्न फ्रिजको सहारा लिइन्छ ।

तर, कतिपय खानेकुरा फ्रिजमा राख्दा बिग्रिने मात्रै होइन, स्वास्थ्यका लागि पनि अयोग्य हुन सक्छन्। यसकारण हामीले के–के खानेकुरा फ्रिजमा राख्नु हुँदैन,र कति समय भन्दा बढी फ्रिजमा राखेको खानेकुरा खानुहुँदैन भनेर बुझ्न आवश्यक छ । 

अण्डा

अण्डा पनि फ्रिजमा राख्नु हुँदैन । अण्डालाई फ्रिजमा राख्दा यसको बाहिरको भाग फुट्ने समस्या आउँछ । त्यतिमात्र नभएर भित्रको झोल पनि बिग्रन सक्छ ।

टमाटर

फ्रिजले रातो र पौष्टिक टमाटरलाई स्वादविहीन बनाउन र गलाउन सक्छ । फ्रिजको साटो टमाटरलाई नाङ्लो अथवा केही भाँडामा खुला रूपले राखे राम्रो हुन्छ । आधा काटेको टमाटर बाँकी रहेमा प्लास्टिकमा बाँधेर राख्न सकिन्छ । यदि तपाईँले फ्रिजमा नै राख्ने हो भने सकेसम्म एक–दुई दिनमा नै प्रयोग गरे राम्रो हुन्छ ।

आलु

चिसो तापमानमा आलु राख्दा स्टार्च सुगरमा बदलिन्छ ।  आलुलाई पेपर ब्यागमा राखेर घरको अँध्यारो र चिसो ठाउँमा राख्दा राम्रो हुन्छ ।

लसुन र प्याज

आलुको जस्तै लसुन र प्याजमा पनि फ्रिजमा राख्दा उस्तै समस्या आइलाग्छ । लसुन र प्याज पनि चिसो र अँध्यारो ठाउँमा राख्नुपर्छ ।

तुलसी

तुलसी फ्रिजमा राख्नाले यसको आसपासका राखेका खानाको समेत सुगन्ध सोस्छ वा तुलसीको सुगन्ध हाबी हुन्छ । जसले गर्दा अरूको समेत स्वाद हराउँछ ।  तुलसी पानीमा मात्रै राख्नुपर्छ ।

रोटी

धेरैले रोटी खराब हुन्छ भनेर यसलाई राख्ने ठाउँ फ्रिज रोज्छन् ।  फ्रिजमा राखेको रोटी चाँडै सुक्छ र यसमा रहेको तत्त्व हराउँछ ।

कफी

कफी कहिल्यै पनि फ्रिजमा राख्नुहुँदैन । यसको स्वाद बिग्रने मात्रै होइन, आसपासको खानामा समेत  यसको सुगन्ध हाबी भइदिन सक्छ ।

मह

महको डब्बालाई पातलो प्लास्टिकले बेरेर राख्नुपर्छ । मह फ्रिजमा राख्दा यसमा क्रिस्टल बन्न थाल्छ । 

अचार

अचारमा भिनेगार धेरै हुन्छ । यसलाई किचेनको चिसोमा राख्दा राम्रो हुन्छ ।  यसलाई  फ्रिजमा राख्दा अन्य खानेकुरा समेत खराब गरिदिने खतरा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?