जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नामिबियाले नेदरल्याण्ड्सलाई दियो १ सय २४ रनको लक्ष्य

काठमाडौं- आईसीसी विश्वकप लिग २ मा नामिबियाले नेदरल्याण्ड्सलाई १ सय २४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नामिबिया ३५ ओभर १ बलमा सबै विकेट गुमाउँदै १ सय २३ रनमा समेटियो ।

नामिबियाका लागि जेजे स्मितले सर्वाधिक २६ रन बनाए भने रुबेन ट्रम्पेलम्यानले २० रन जोडे ।

नामिबियाको ब्याटिङ लाइन ध्वस्त पार्ने क्रममा नेदरल्याण्ड्सका आर्यन दत्तले सर्वाधिक ६ विकेट लिएका थिए । आर्यनले ९ ओभरमा ३४ रन दिएर ६ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?