जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

जङ्गलमा विद्युतीय धराप थाप्ने तीन जना पक्राउ

धनगढी – कैलालीको घोडाघोडी नगरपालिकाको जङ्गलमा विद्युतीय धराप थाप्ने थाप्ने तीन जना सोमबार पक्राउ परेका छन्। पक्राउ पर्नेमा घोडाघोडी-४ बस्ने ४९ वर्षीय जितबहादुर चौधरी, वर्ष ३८ का सुधराम चौधरी र पालिकाको वडा नम्बर ५ बस्ने ४० वर्षीय राजकुमार चौधरी रहेका छन्।

उनीहरूले जंगली जनावरको सिकार गर्न गत माघ १० गते स्थानीय तुलसीपुर सामुदायिक वनमा थापेको धरापमा परि घोडाघोडी-१० का धनबहादुर शाहीको ज्यान गएको थियो भने मोहन्याल गाउँपालिका-३ का दुर्गा खत्री घाइते भएका थिए।

घटनामा संलग्न घोडाघोडी-४ का मनीराम चौधरीलाई सुखड प्रहरीले यस अघि नै पक्राउ गरेको थियो। इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान थालिएको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?