जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

कलामार्फत नेपाल र जर्मनीबीच मित्रता प्रगाढ बढाउने प्रयास

काठमाडौँ– कला सिर्जना मार्फत् नेपाल र जर्मनीबीच मित्रता प्रगाढ बढाउने प्रयास स्वरुप दुवै देशको सहकार्यमा कला प्रदर्शनी शुरु गरिएको छ ।

नक्सालस्थित नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी, नेपालका लागि इजरायलका राजदूत हनन् गोदार, जर्मनीका राजदूत थोमस प्रिन्ज, प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली लगायतकाको सहभागितामा मंगलवारदेखि ‘कनेक्टिङ कल्चर थ्रु आर्टस्’ शीर्षकमा प्रदर्शनी शुरु गरिएको हो ।

दुवै देशका कलाकारहरूको सहभागितामा प्रतिष्ठानमा माघ २२ र २३ गते ‘अन्तर्राष्ट्रिय कला कार्यशाला गरिएको थियो । सोही कार्यशालामा सिर्जित कलाकृतिहरु अहिले प्रदर्शनीमा राखिएको प्रतिष्ठानले जनाएको छ ।

मन्त्री ठकुरीले यस्ता खालका कार्यक्रमले नेपाल जर्मनबीच मित्रता कायम राख्न ठूलो भूमिका खेल्ने बताइन् । उनले कला र संस्कृतिले जनस्तरको सम्बन्धलाई मजबुत बनाउने भएकाले प्रदर्शनीको सफलताको कामना समेत गरिन् ।

कुलपति हार्तम्छालीले यस कार्यक्रमले नेपाल र जर्मनीबीचको सम्बन्ध अझ प्रगाढ बढाउने बताए । उनले भने,‘हामी जर्मनी नपुगे पनि यस्ता कार्यक्रमको माध्यमबाट अर्काे देशको कला र संस्कृतिलाई बुझ्ने मौका मिलेको छ ।’
प्रदर्शनी फागुन १४ गतेसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?