जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

शुक्रबारदेखि बूढानीलकण्ठमा सांस्कृतिक–साहित्यिक महोत्सव हुने

काठमाडौं – बूढानीलकण्ठ नगरपालिकामा शुक्रबारदेखि सांस्कृतिक–साहित्यिक महोत्सव हुने भएको छ । नगरभित्रका संस्कृति, रैथाने बाजागाजा, विभिन्न रचना उजागार गर्न र नगरलाई संस्कृतिमय बनाउने उद्देश्यले महोत्सव गर्न लागिएको हो ।

पहिलो दिनको महोत्सव बूढानीलकण्ठ–१३ चुनिखेलमा तथा दोस्रो दिनको महोत्सव बूढानीलकण्ठ नारायणस्थान मन्दिर परिसरमा हुनेछ । यहाँ आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाका उपप्रमुख तथा महोत्सव संयोजक अनिता लामाले नगरभित्रको कला संस्कृतिको जर्गेना गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बताए।

उनले भने, “महोत्सव गर्नुको मुख्य उद्देश्य यस क्षेत्रको कला, संस्कृति र भाषाशैलीको प्रवद्र्धन गर्नु हो ।” महोत्सवबाट कला साहित्यमा रुचि राख्ने युवा तथा बालबालिकालाई सहयोग पुग्ने उपप्रमुख लामाको भनाइ थियो । महोत्सवमा विद्यालयस्तरका बालबालिकाको सृजनालाई पनि स्थान दिइने उनले बताए ।

नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले महोत्सवले बूढानीलकण्ठ नगरपालिकाको सांस्कृतिक प्रवद्र्धनमा टेवा पुग्ने बताए । कार्यक्रममा वरिष्ठ कलाकार हरिवंश आचार्य, साहित्यकार झमक घिमिरे, सुविन भट्टराई, विवेक ओझालगायत साहित्यिक क्षेत्रका विशिष्ट व्यक्तिको उपस्थिति रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?