जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

ह्वावेले सेडान ईभी बजारमा ल्याउँदै, कारको प्रोटोटाइप तयार

काठमाडौं । सन् २०२४ मा नयाँ कार मिडियम लार्ज सेडान ईभी बजारमा आउने भएको छ । ह्वावेले बीएआईसी बीजेईभीको सहकार्यमा बजारमा पहिलो नयाँ कार मिडियम लार्ज सेडान ईभी ल्याउन लागेको हो ।

समाचार एजेन्सीका अनुसार कारको प्रोटोटाइप तयार भइसकेको छ । कार २०२४ को मध्यमा सार्वजनिक गरिने छ । बीजेईभी बीएआईसीको न्यू इनर्जी भेहिकल आर्म हो।

ह्वावेका म्यानेजिङ डाइरेक्टर एण्ड स्मार्ट कार सोलुसन युनिटका चेयरम्यान यु चेङडोङले ह्वावेले चार ईभी ब्राण्डसँग सहकार्य गरेको बताए। जसमा सेरेस, चेरी, बीएआईसी र जेएसी छन्।

ह्वावेले सेरेससँग आईटो एम ९, चेरीसँग लक्सिड एस ७, बीएआईसी बीजेईभीसँग सी–क्लास प्योर इलेक्ट्रिक स्मार्ट मेहिकल र जेएसीसँग लक्जरी एमपीभी उपलब्ध गराउँदै आइरहेको छ।

रिपोर्ट अनुसार ह्वावेले बीएआईसी बीजेईभीका लागि स्टेलाटो ट्रेडमार्क हस्तान्तरण गरेको छ। सम्भवता ह्वावे बीएआईसीको सहकार्यको ब्राण्डको अंग्रेजी नाम स्टेलाटो हुनेछ। यद्यपि, चिनियाँ भाषामा ब्रान्डको आधिकारिक नाम अझै पुष्टि भएको छैन। चीनमा स्टेलाटो भनेको ‘स्टेयरी स्काई’ हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?